तस्बिर- एएफपी

अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसद्वारा भाडाका सेना परिचालन

By खबरहब

February 28, 2022

काठमाडौँ – भाडाका सैनिक परिचालन गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र पर्दाफास भएको छ ।

रुस सरकारले जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका मर्सिनरी लडाकु परिचालन गरेको बेलायतको द टाइम्स पत्रिकाले जनाएको छ ।

ग्रुपका ४ सय लडाकु अहिले जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्रका लागि किभ परिचालन भएको द टाइम्सले जनाएको छ । उक्त पत्रिकाका अनुसार ती लडाकु पाँच साताअघि अफ्रिकी देशहरुबाट युक्रेन पुगेका थिए ।

जेलेन्स्कीको हत्या गरी युक्रेनको सरकार ढलेको अवस्थामा यस समूहलाई ठूलो रकम दिन रुस सरकारले बाचा गरेको जनाइएको छ ।

यसबारे युक्रेन सरकारलाई शनिबारमात्रै थाहा भएको बुझिएको छ । राजधानी किभमा कफ्‌र्यु लागेको बेला फेला परेका रुसी जासुस र सादा पोसाकमा रहेका रुसी लडाकुलाई केरकार गर्दा नयाँ षड्यन्त्र पर्दाफास भएको हो ।