कोरियोग्राफर अश्विनीलाई ‘दक्ष कला सम्मान’ « Khabarhub

कोरियोग्राफर अश्विनीलाई ‘दक्ष कला सम्मान’


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सौन्दर्य प्रतियोगिता एवं फेसन कोरियोगाफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई सो विधाले सम्मानित गरिएको हो ।

समारोहका प्रमुख अतिथी पूर्वमन्त्री मा. राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फवाट संस्थाका प्रमुख टेक राज पाण्डेले संयुक्त रूपमा दोशल्ला तथा सम्मान-पत्रले झालाई सम्मानित गरेका हुन्।

कोरियोग्राफर अश्विनीले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोगाफी मार्फत नेपाली समाजमा रहेका प्रतिभाहरुलाई विभिन्न प्रतियोगितामा आफ्नो प्रशिक्षणले यस क्षेत्रमा कुशल तथा अव्बल नागरिक उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन सफल भएका छन् । उनले कोरियोग्राफीमार्फत समाजमा विद्धमान विसंगतीलाई प्रहार गरी विभिन्न प्रतियोगितामा सामाजिक मुद्दालाई समेत उजागर गरी उच्च प्राथमिकताका आवाज उठाउने गरेका छन्।

नेपाली सौन्दर्य प्रतियोगिता लगायत फेशन विधामा स्थापित झा डेढ दशकदेखि क्रियाशिल रहि पुर्याएको योगदानको कदर स्वरूप दक्ष इन्टरनेसनलले सम्मानित गर्न पाउँदा निकै खुशी लागेको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले बताए ।

नेपाली कला क्षेत्रमा कोरियोग्रफिका माध्यमले पुर्याएको योगदनलाई कदर गर्दै युवा मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ बाट सम्मानित कोरियोग्राफर अश्विनीले यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।

सम्मान ग्रहण गर्दै कोरियोग्राफर झाले आयोजक संस्थालाई धन्यवाद दिदैं नेपाली कला संस्कृतिलाई अझ उचाईमा पुर्याउन निरन्तर क्रियाशिल रहि सौन्दर्य प्रतियोगिता तथा फेशन क्षेत्रको संरक्षण, सम्बर्दन र विकासमा आफ्नो योगदान रहने र यस्ता सम्मानले आफ्नो कर्ममा अझै दत्तचित्त भएर अघि बढन हौसला मिलेको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा कोरियोग्राफर अश्विनी कान्त झा लगायत हाँस्य अभिनेता प्रेम पाण्डे, अभिनेता उत्तम केसी, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल, ब्युटिसियन रचना शाक्य र रेनु शाक्य रानालाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : २९ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति