ओस्कारमा स्मिथ र क्याम्पियन उत्कृष्ट « Khabarhub

ओस्कारमा स्मिथ र क्याम्पियन उत्कृष्ट


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमै आयोजना गरिएको यस वर्षको प्रतिक्षित ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको लस एन्जल्समा नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न भएको ओस्कार अवार्डको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको हो । यसवर्षको ओस्कार अवार्डमा ‘कोडा’ बेस्ट फिल्म घोषणा भएको छ । अभिनेताको रुपमा विल स्मिथले पहिलो ओस्कार पनि जिते । उनले किङ रिचर्डबाट अवार्ड जितेका हुन् ।

यस्तै, निर्देशनमा जेनी क्याम्पियनले फिल्म ‘द पावर अफ दी डग’ बाट निर्देशकको अवार्ड जितिन् । ‘ड्युन’ ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधा यसपटक समावेश गरियो । विवादित मानिएको यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए ।

सहअभिनेता विधामा जितेका ‘कोडा’ अभिनेता ट्रोइ कोत्सर ओस्कार इतिहासमै दोस्रो बहिरा अभिनेता बने । अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट भएसँगै जापानले १४ वर्षपछि ओस्कार जित्यो । ‘वेस्ट साइड स्टोरी’ बाट सहअभिनेत्रीमा एरियाना डिवोस ओस्कार जितिन् । बियोन्से, बाइल्ली एलिस, फिनीस, रेबा म्याकइन्टाएरजस्ता विश्वचर्चित गायिकाले ओस्कारको मञ्चबाट सांगीतिक प्रस्तुति दिए ।

आफ्नी पत्नीको खौरिएको कपालबारे व्यंग्य गरेको भन्दै अभिनेता विल स्मिथले होस्ट रहेका क्रिस रकलाई स्टेजमै चढेर झापड समेत हानेका थिए ।

हेर्नुहोस् ओस्कार अवार्डको ९४ औँ संस्करण विजेता सूची :

फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सहअभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सहअभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनि : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिनप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट : ड्युन

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : ४२ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण