इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु « Khabarhub

इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको छ । उत्तरी इजरायलको हादेरा शहरमा दुई बन्दुकधारीले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको र दुई जनाको घटनास्थलमै उपचार गरिएको जनाइएको छ । इजरायली सुरक्षा बलको प्रतिआतंकवाद एकाईका सैनिकको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको इजरायली सुरक्षा अधिकारीले जनाएका छन् ।

‘हाम्रा सुरक्षा अधिकारीले बन्दुकधारीलाई निष्क्रिय बनाएर अझ ठूलो आतंककारी आक्रमण हुनबाट जोगाए ।’ इजरायलको राष्ट्रिय प्रहरीका प्रवक्ता एली लेभीले बताए ।

अरब मूलका बन्दुकधारी मध्ये एकले यसअघि इस्लामिक स्टेटमा भर्ना हुने प्रयास गरेको अधिकारीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । आतंकवादी गतिविधिको निगरानी गर्ने साइट समूहले जनाएअनुसार सन् २०१७ यता पहिलो पटक इस्लामिक स्टेटले इजरायलमा आक्रमणको जिम्मा लिएको हो ।

इजरायलमा अरब मुलुकहरु, अमेरिका र इजरायलबीच ऐतिहासिक सम्मेलन भइरहेको समयमा आतंककारी आक्रमण भएको हो । केही दिनअघिमात्रै दक्षिणी इजरायलको बिरशेबा शहरमा भएको चक्कु आक्रमणमा चार जना मारिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : ५२ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह