के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ? « Khabarhub

के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै सर्वाधिक धनाढ्य अर्बपति एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन् ।

मस्कले ट्विट गर्दै यस्तो बताएका हुन् । एकजना ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले ओपन सोर्स (खुला श्रोत) एल्गोरिदममा आधारित रहेर वाक् स्वतन्त्रतालाई प्राथमिकता दिई नयाँ सामाजिक सञ्जाल खोल्ने विषयमा गम्भीर विचार गरिरहेको बताए ।

आफैँ पनि ट्विटरमा निकै सक्रिय रहने मस्कले बेला बेला ट्विटरको आलोचना गर्दै आएका छन् । ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्तको पालना गर्न असफल भएका कारण लोकतन्त्रलाई हानी पुर्‍याइरहेको उनको धारणा छ ।

यसअघि उनले ट्विटरमा ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्त पालना गरे/नगरेको विषयमा ‘पोल’ गरेका थिए । ‘यो पोलको परिणाम निकै महत्वपूर्ण हुनेछ । कृपया ध्यान दिएर मत दिनुहोला ।’ उनको ट्विटमा उल्लेख थियो । उक्त ‘पोल’ मा ७० प्रतिशतले ट्विटरले यस्तो नगरेको मत दिएका थिए ।

पछिल्लो समय धेरै सेलिब्रेटी, राजनीतिक नेताहरु र धनाढ्यहरुले सामाजिक सञ्जालले वाक् स्वतन्त्रता कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट पनि ट्विटरले हटाइदिएको थियो । ट्विटरले आफ्नो अकाउण्ट हटाइदिएपछि ट्रम्प आफैँले ‘ट्रुथ’ नामक सामाजिक सञ्जाल स्थापना गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु