के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ? « Khabarhub

के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै सर्वाधिक धनाढ्य अर्बपति एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन् ।

मस्कले ट्विट गर्दै यस्तो बताएका हुन् । एकजना ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले ओपन सोर्स (खुला श्रोत) एल्गोरिदममा आधारित रहेर वाक् स्वतन्त्रतालाई प्राथमिकता दिई नयाँ सामाजिक सञ्जाल खोल्ने विषयमा गम्भीर विचार गरिरहेको बताए ।

आफैँ पनि ट्विटरमा निकै सक्रिय रहने मस्कले बेला बेला ट्विटरको आलोचना गर्दै आएका छन् । ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्तको पालना गर्न असफल भएका कारण लोकतन्त्रलाई हानी पुर्‍याइरहेको उनको धारणा छ ।

यसअघि उनले ट्विटरमा ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्त पालना गरे/नगरेको विषयमा ‘पोल’ गरेका थिए । ‘यो पोलको परिणाम निकै महत्वपूर्ण हुनेछ । कृपया ध्यान दिएर मत दिनुहोला ।’ उनको ट्विटमा उल्लेख थियो । उक्त ‘पोल’ मा ७० प्रतिशतले ट्विटरले यस्तो नगरेको मत दिएका थिए ।

पछिल्लो समय धेरै सेलिब्रेटी, राजनीतिक नेताहरुधनाढ्यहरुले सामाजिक सञ्जालले वाक् स्वतन्त्रता कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट पनि ट्विटरले हटाइदिएको थियो । ट्विटरले आफ्नो अकाउण्ट हटाइदिएपछि ट्रम्प आफैँले ‘ट्रुथ’ नामक सामाजिक सञ्जाल स्थापना गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ११ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ