आक्रमणको अझ शक्तिशाली माध्यमको विकास गर्ने किम जोङ उनको दृढता « Khabarhub

आक्रमणको अझ शक्तिशाली माध्यमको विकास गर्ने किम जोङ उनको दृढता


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आक्रमणका लागि अझ शक्तिशाली माध्यमको विकास गर्ने दृढता व्यक्त गरेका छन् । उत्तर कोरियाले चार वर्षको अवधिमा पहिलोपटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि सर्वोच्च नेता किमको यस्तो भनाइ आएको हो ।

उत्तर कोरियाका सरकार नियन्त्रित केसीएनए समाचार संस्थाले जनाएअनुसार वैज्ञानिकहरु सँगको कुराकानीका क्रममा उनले आफ्नो मुलुकमाथिको खतराको मुकाबिला गर्न आक्रमणको क्षमता बढाउने बताएका हुन् ।

‘जब कसैले बलियो आक्रामक क्षमता र कोहीबाट पनि रोक्न नसक्ने सैनिक शक्तिको विकास गर्छ, उसैले मात्र युद्ध रोक्न सक्छ, मुलुकको सुरक्षा गर्न सक्छ र साम्राज्यवादीको धम्कीलाई नियन्त्रण गर्न सक्छ ।’ किमलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।

उनले आफ्नो मुलुकले अझ शक्तिशाली आक्रमणको माध्यम विकास गर्ने र आणविक हतियारको विकासलाई जोडदार रुपमा अझ परिष्कृत गर्ने समेत बताएको केसीएनएले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ४८ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७