एक करोडको हाराहारीमा खर्च भएको ‘सत्यम्’ अन्यौलमा « Khabarhub

एक करोडको हाराहारीमा खर्च भएको ‘सत्यम्’ अन्यौलमा


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता राजेश हमाललाई कमब्याक गराउने चर्चा सहित सुरु भएको प्रोजेक्ट ‘सत्यम्’ नबन्ने स्थितिमा पुगेको छ । अभिनेता हमाललाई अनुबन्धित गर्दै सेट निर्माण, अन्य कलाकार तथा प्राविधिक फाइनल हुँदै सुटिङको लागि वर्कसप समेत गरेको ‘सत्यम्’ को काम अहिले रोकिएको छ । निर्माताहरु बीच विविध कारणले समस्या आएपछि रोकिएको प्रोजेक्ट बढ्न सकेको छैन ।

फिल्मसँग जोडिएका एक सदस्यले फिल्म नबन्ने सङ्केत गरे । फिल्मका निर्माताहरुले पछिल्लो समय अभिनेता हमालसँग समेत सम्पर्क गरेका छैनन् । ‘हरेक डेभ्लोपमेन्टको बारेमा अभिनेता हमालसँग सल्लाह गर्ने, जानकारी गराउने टिम अहिले सम्पर्कमा छैन’ फिल्मसँग निकट स्रोतले बताए ।

पोखरामा सेटसमेत निर्माण गर्दै अभिनेता हमालसँगै अनुपविक्रम शाही, पल शाह र मल्लिका महतसमेत सहभागी भई कार्यशालासमेत भएको थियो । फिल्ममा पल शाहको अपोजिटमा रहेकी मल्लिकाले यही कार्यशालापछि फिल्म छाड्ने निर्णय गरेकी थिइन् । निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएर फिल्म सुटिङ अगाडि बढाउने निर्णय गरेको थियो ।

यद्दपि त्यसपछि पनि काम अगाडी बढ्न सकेन । ‘फिल्मका निर्माताहरु चुपचाप बसेको देख्दा त फिल्म बन्छ भन्ने मै शंका छ । फिल्मका एक अभिनेता विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेपछि समस्या पर्यो भन्दै निर्माताले कुरा गर्ने गरेका छन् रे’ स्रोतले भने । केहि समय अगाडी मात्र ‘फिल्मको सुटिङ कहिले हुन्छ ?’ भन्ने पत्रकारको जिज्ञाषामा अभिनेता हमालले ‘बन्न त बन्छ तर अलि पछि बन्छ’ भन्ने जवाफ एक कार्यक्रममा दिएका थिए ।

कलाकारको पारिश्रमिक, देशका तीन ठाउँमा अडिसन, पोखरामा भव्य सेट, स्क्रिप्टमा छलफल, प्राविधिक अनुबन्धित गरेर फिल्मको एक करोडको हाराहारीमा खर्च भएको बुझिएको छ । फिल्मको घोषणा भए यता नै अभिनेता हमाललाई स्क्रिप्ट सुनाउन र साइन गर्न नै राम्रो रकम खर्च भएको हो । फिल्म ‘सत्यम’ को घोषणा भएयता नै निर्माण टिमसँगको विभिन्न तस्वीरहरुमा अभिनेता हमालसहित अन्य कलाकार पनि देखिने गर्थे ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : १६ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त