पश्चिमा मुलुकले कायरता देखाएको जेलेन्स्कीको टिप्पणी « Khabarhub

पश्चिमा मुलुकले कायरता देखाएको जेलेन्स्कीको टिप्पणी


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूले कायरता देखाएको टिप्पणी गरेका छन् । भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार दिने विषयमा ढुलमुले प्रवृत्ति अपनाएर कायरता देखाएको टिप्पणी गरेका हुन् ।

‘मैले मारिउपोलका रक्षकहरुसँग कुराकानी गरेको छु । म उनीहरूसँग नियमित सम्पर्कमा छु । उनीहरूको दृढता र बहादुरी अपत्यारिलो छ ।’ उनले भने ‘हामीलाई दर्जन जेट र ट्याङ्क दिन विचार गर्नेहरुमा उनीहरुको जति एक प्रतिशत पनि साहस हुन्थ्यो भने… ।’

हाल रुसी फौजले युक्रेनको दक्षिणी शहर मारिउपोललाई चौतफी घेराबन्दीमा पारेर व्यापक हमलाहरू गरिरहेको छ । यद्यपि उक्त शहरलाई अझै रुसी फौजले कब्जामा लिन सकेका छैनन् ।

राष्ट्रपति जेलेन्स्कीले बेलाबेला पश्चिमा मुलुकहरुसँग रुसी फौजविरुद्ध लड्न हतियार र अन्य सैनिक उपकरण सहयोग गर्न माग गर्दै आएका छन् । यस विषयमा युक्रेनको छिमेकी देश पोल्याण्डले युक्रेनलाई लडाकु विमान दिने प्रस्ताव पनि अघि सारेको थियो ।

उक्त प्रस्तावमा पोल्याण्डले जर्मनीमा रहेको अमेरिकी नेटो सैनिक विमानस्थलमार्फत् युक्रेनलाई आफूसँग रहेका लडाकु विमान उपलब्ध गराउने बताएको थियो । यद्यपि नेटो मुलुकहरुले यस विषयमा खासै रुची देखाएका छैनन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : ४० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले