पश्चिमा मुलुकले कायरता देखाएको जेलेन्स्कीको टिप्पणी « Khabarhub

पश्चिमा मुलुकले कायरता देखाएको जेलेन्स्कीको टिप्पणी


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूले कायरता देखाएको टिप्पणी गरेका छन् । भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार दिने विषयमा ढुलमुले प्रवृत्ति अपनाएर कायरता देखाएको टिप्पणी गरेका हुन् ।

‘मैले मारिउपोलका रक्षकहरुसँग कुराकानी गरेको छु । म उनीहरूसँग नियमित सम्पर्कमा छु । उनीहरूको दृढता र बहादुरी अपत्यारिलो छ ।’ उनले भने ‘हामीलाई दर्जन जेट र ट्याङ्क दिन विचार गर्नेहरुमा उनीहरुको जति एक प्रतिशत पनि साहस हुन्थ्यो भने… ।’

हाल रुसी फौजले युक्रेनको दक्षिणी शहर मारिउपोललाई चौतफी घेराबन्दीमा पारेर व्यापक हमलाहरू गरिरहेको छ । यद्यपि उक्त शहरलाई अझै रुसी फौजले कब्जामा लिन सकेका छैनन् ।

राष्ट्रपति जेलेन्स्कीले बेलाबेला पश्चिमा मुलुकहरुसँग रुसी फौजविरुद्ध लड्न हतियार र अन्य सैनिक उपकरण सहयोग गर्न माग गर्दै आएका छन् । यस विषयमा युक्रेनको छिमेकी देश पोल्याण्डले युक्रेनलाई लडाकु विमान दिने प्रस्ताव पनि अघि सारेको थियो ।

उक्त प्रस्तावमा पोल्याण्डले जर्मनीमा रहेको अमेरिकी नेटो सैनिक विमानस्थलमार्फत् युक्रेनलाई आफूसँग रहेका लडाकु विमान उपलब्ध गराउने बताएको थियो । यद्यपि नेटो मुलुकहरुले यस विषयमा खासै रुची देखाएका छैनन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : ४० बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले