रुसी आक्रमणबाट राष्ट्रकविको सालिक जोगाउने खार्किभ वासीको जमर्को  « Khabarhub

रुसी आक्रमणबाट राष्ट्रकविको सालिक जोगाउने खार्किभ वासीको जमर्को 


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको खार्किभ शहरका स्थानीयहरु शहरको केन्द्रमा रहेको राष्ट्रकविको विशाल सालिक जोगाउन खटिएका छन् ।

स्थानीयहरुले रुसी आक्रमणबाट जोगाउन युक्रेनी राष्ट्रकवि तरास शोभचेन्कोको सालिक आसपास बालुवा भरिएको बोरा राखेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

१६ मिटर अग्लो उनको सालिक खार्किभकै सबैभन्दा अग्लो रहेको रोयटर्सले जनाएको छ । रुसी फौजले उनको सालिकलाई निशाना बनाएर आक्रमण गर्नसक्ने भन्दै यसलाई जोगाउन स्थानीयहरुले बोरामा बालुवा भरेर सालिक छोपेका हुन् ।

१९ औं शताब्दीमा ख्याति कमाएका शोभचेन्को युक्रेनी भाषामा कलम चलाउने सुरुआती कवि मानिन्छन् । सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्रता पाएयता युक्रेनका विभिन्न शहरमा चोक, सडक, विद्यालयहरू उनको नामबाट नामकरण गरिएको छ ।

यसबाहेक किभको सबैभन्दा ठूलो विश्वविद्यालयको नामकरण पनि उनकै नामबाट गरिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : १५ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक