रुसी फौजले युक्रेनी स्वास्थ्य केन्द्रमा ७२ पटक आक्रमण गरेको डब्लूएचओको आरोप « Khabarhub

रुसी फौजले युक्रेनी स्वास्थ्य केन्द्रमा ७२ पटक आक्रमण गरेको डब्लूएचओको आरोप


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आक्रमणकारी रुसी फौजले युक्रेनका स्वास्थ्य केन्द्रहरुमा ७२ पटक आक्रमण गरेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । गत फेब्रुअरी २४ यता युक्रेनमाथि आक्रमण गर्दै आएको रुसले युक्रेनमा स्वास्थ्य केन्द्रहरुलाई ७२ पटक निशाना बनाएको डब्लूएचओले प्रतिवेदन सार्वजनिक गर्दै जानकारी दिएको हो ।

स्वास्थ्य केन्द्रमा रुसी आक्रमणका क्रममा ७१ जनाको मृत्यु पनि भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ । डब्लुएचओले प्रतिवेदन सार्वजनिक गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी मानवीय संकटबारे गहिरो चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘मानिसको स्वास्थ्य अधिकारको रक्षा हुनु पर्दछ, स्वास्थ्य संस्था माथि जस्तो सुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइदैन ।’ गुटेर्रेसलाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

स्वास्थ्य संस्थाहरू माथि आक्रमण गर्नु आधारभूत मानवअधिकार विरुद्धको अपराध र युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन् । युक्रेनमाथि आक्रमण गरेको विषयलाई लिएर रुसको चर्को आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ३० बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको