रुसी फौजले युक्रेनी स्वास्थ्य केन्द्रमा ७२ पटक आक्रमण गरेको डब्लूएचओको आरोप « Khabarhub

रुसी फौजले युक्रेनी स्वास्थ्य केन्द्रमा ७२ पटक आक्रमण गरेको डब्लूएचओको आरोप


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आक्रमणकारी रुसी फौजले युक्रेनका स्वास्थ्य केन्द्रहरुमा ७२ पटक आक्रमण गरेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । गत फेब्रुअरी २४ यता युक्रेनमाथि आक्रमण गर्दै आएको रुसले युक्रेनमा स्वास्थ्य केन्द्रहरुलाई ७२ पटक निशाना बनाएको डब्लूएचओले प्रतिवेदन सार्वजनिक गर्दै जानकारी दिएको हो ।

स्वास्थ्य केन्द्रमा रुसी आक्रमणका क्रममा ७१ जनाको मृत्यु पनि भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ । डब्लुएचओले प्रतिवेदन सार्वजनिक गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी मानवीय संकटबारे गहिरो चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘मानिसको स्वास्थ्य अधिकारको रक्षा हुनु पर्दछ, स्वास्थ्य संस्था माथि जस्तो सुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइदैन ।’ गुटेर्रेसलाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

स्वास्थ्य संस्थाहरू माथि आक्रमण गर्नु आधारभूत मानवअधिकार विरुद्धको अपराध र युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन् । युक्रेनमाथि आक्रमण गरेको विषयलाई लिएर रुसको चर्को आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ३० बजे

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र

टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ