अमिताभले किन हटाए बडी डबल ? « Khabarhub

अमिताभले किन हटाए बडी डबल ?


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमिताभ बच्चन बलिउड मात्र नभई कलाकारिता जगतकै गहना हुन् । उनले गर्ने क्रियाकलापमा सबैको ध्यान जानु स्वाभाविक नै हो । उमेरले ८० पुग्न लागेका अमिताभले अहिले पनि आफूले सक्ने एक्सन र स्टन्ड गर्छन् ।

हालै एक टेलिभिजन कमर्सियलमा अभिनय गर्दा उनले आफ्नो एक्सन आफैँले गरेका हुन् । अमित शर्माको निर्देशनमा तयार भइरहेको एक विज्ञापनमा अभिनय गर्न पुगेका अमिताभले जब त्यहाँ आफ्नो एक्सन आफैँले गर्ने बताए , सबै हैरान भए । उनीहरुले अमिताभको बडी डबलको व्यवस्था गरेका थिए ।

यद्दपि अमिताभआफैँले आफ्नो पार्टको एक्सन गर्न सक्ने बताए । एक्सन डिरेक्टर मनोहर वर्माले पनि अमिताभको अभिनय प्रतिको लगावको तारिफ गरे । उनले भारतीय पत्रिका टाइम्स अफ इन्डियासँग कुरा गर्दै भने ,’अमिताभजीमा दीवार र जन्जिरको जस्तो जोश अझै रहेछ । उहाँको काम गर्ने शैलीले हामीमा इनर्जी दिएको छ । उहाँले गरेको एक्सन देखेर हामी झैँ दर्शक पनि सर्प्राइज्ड हुनुहुनेछ ।’

पछिल्लो समय ‘झुण्ड’ मा देखिएका अमिताभले नेपालमा छायांकन गरेको फिल्म ‘उचाई’ मा समेत मुख्य भूमिका निर्वाह गरेका छन् । यद्दपि उनी स्वास्थ्यका कारण नेपाल छायांकनको लागि भने आउन सकेनन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ५८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।