अमिताभले किन हटाए बडी डबल ? « Khabarhub

अमिताभले किन हटाए बडी डबल ?


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमिताभ बच्चन बलिउड मात्र नभई कलाकारिता जगतकै गहना हुन् । उनले गर्ने क्रियाकलापमा सबैको ध्यान जानु स्वाभाविक नै हो । उमेरले ८० पुग्न लागेका अमिताभले अहिले पनि आफूले सक्ने एक्सन र स्टन्ड गर्छन् ।

हालै एक टेलिभिजन कमर्सियलमा अभिनय गर्दा उनले आफ्नो एक्सन आफैँले गरेका हुन् । अमित शर्माको निर्देशनमा तयार भइरहेको एक विज्ञापनमा अभिनय गर्न पुगेका अमिताभले जब त्यहाँ आफ्नो एक्सन आफैँले गर्ने बताए , सबै हैरान भए । उनीहरुले अमिताभको बडी डबलको व्यवस्था गरेका थिए ।

यद्दपि अमिताभआफैँले आफ्नो पार्टको एक्सन गर्न सक्ने बताए । एक्सन डिरेक्टर मनोहर वर्माले पनि अमिताभको अभिनय प्रतिको लगावको तारिफ गरे । उनले भारतीय पत्रिका टाइम्स अफ इन्डियासँग कुरा गर्दै भने ,’अमिताभजीमा दीवार र जन्जिरको जस्तो जोश अझै रहेछ । उहाँको काम गर्ने शैलीले हामीमा इनर्जी दिएको छ । उहाँले गरेको एक्सन देखेर हामी झैँ दर्शक पनि सर्प्राइज्ड हुनुहुनेछ ।’

पछिल्लो समय ‘झुण्ड’ मा देखिएका अमिताभले नेपालमा छायांकन गरेको फिल्म ‘उचाई’ मा समेत मुख्य भूमिका निर्वाह गरेका छन् । यद्दपि उनी स्वास्थ्यका कारण नेपाल छायांकनको लागि भने आउन सकेनन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ५८ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,