आफ्नो न्वारनको नाम सुर्जेकुमारी रहेको करिश्माको भनाइ | Khabarhub Khabarhub

आफ्नो न्वारनको नाम सुर्जेकुमारी रहेको करिश्माको भनाइ


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक पार्टीको आसभामा भाषण गरेकी छन् । उनले कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर दिएकोमा आभार प्रकट गरेकी हुन्।

भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन्-‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नु भएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’

त्यस्तै विगतमा जहाँ-जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् । भाषणको क्रममा अन्त्यमा उनले एउटा नयाँ कुराको खुलासा पनि गरिन् ।

उनले भनिन्- ‘एउटा कुरा रिभिल गरिदिउँ जस्तो लाग्यो, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’ भाषणको अन्त्यमा करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी समेत गरेकी थिइन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ४७ बजे

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको