मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन « Khabarhub

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मोदी–लेखनाथ विद्युत प्रशारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन गरिएको छ ।

सोमबार कास्कीको लह चोकमा भारत सरकारको ऋण सहयोगमा निर्मित मोदी–लेखनाथ विद्यु्त प्रशारण लाइन तथा सबस्टेशन परियोजनाअन्तर्गतका तीन वटा सबस्टेसनहरूको उद्घाटन गरिएको हो ।

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा यी सबस्टेसनहरूको निर्माण गरिएको हो ।

मोदी–लेखनाथ परियोजनाअन्तर्गत ४२ किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरूको निर्माण गरिएका छन् ।

भारतको एक्जिम बैंकको आर्थिक सहयोगअन्तर्गत भारतको केपीटीएल लिमिटेडले र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजनाअन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निमाँण चाँडै सकिने जनाइएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले यो परियोजनाको उद्घाटन गरिन् ।

भारतीय पक्षको तर्फबाट भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसूधनन नेतृत्वको टोलीलगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

भारत–नेपाल उर्जा सहकार्य अन्तर्गत विद्युत परियोजनाको विकास, सीमापार एवम् नेपालभित्रका प्रसारण लाइनको निर्माण र उर्जा व्यापार पर्दछन् ।
ऋण सहयोगअन्तर्गत मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइन र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ ।

ती परियोजनाहरूमा २२० केभीको कोशी कोरिडोर, १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केवर अन्तरदेशीय प्रसारण लाइनको ढल्केवर–भिठ्ठामोड खण्ड रहेका छन् ।

छिमेकी पहिलो नीति अनुरूप सीमापार आर्थिक कनेक्टिभिटिलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पुर्‍याउनेछ । 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ३४ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल