दिल्लीमा ‘द कश्मीर फाइल्स’ ट्याक्स फ्री नहुने ? « Khabarhub

दिल्लीमा ‘द कश्मीर फाइल्स’ ट्याक्स फ्री नहुने ?


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– प्रदर्शनमा रहेको फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा केही समय यता छ । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ ।

यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरू, फिल्म र मनोरञ्जन उद्योगमा ’द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ ।

कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्मले केही समय सबैको ध्यान खिच्यो ।

यसको विषयवस्तुमा बहस भयो । फलतः यसले दर्शकको राम्रो साथ पायो । र, बक्सअफिसमा रेकर्डमा रेकर्ड बनायो । सानो लगानीमा बनेको फिल्म थुप्रै प्रान्तमा ट्याक्स फ्री समेत भएको छ । विशेषत भारतीय जनता पार्टीको सरकार रहेको प्रान्तमा यसलाई ट्याक्स फ्री गरिएको छ । यसले गर्दा पनि यसको कमाइको राम्रो हिस्सा निर्माण पक्षलाई आउनेमा दुईमत छैन ।

फिल्मलाई लिएर बीजेपीका नेताहरूले दिल्लीमा ट्याक्स छुट दिनुपर्ने अडान राखेपछि विधान सभामा बोल्दै मुख्यमन्त्री अरविन्द केजरिवालले फिल्मलाई युट्युबमा राख्नुस् भन्दै व्यङ्ग गरेका छन् । ’ट्याक्सी फ्री गर्नु धेरै माग भए । फिल्मलाई युट्युबमा हल्दिनुस, सबैका लागि फ्री नै हुन्छ । निर्देशक विवेक अग्निहोत्रीलाई भन्नुस युट्युबमा फिल्म हाल्न भनेर । सबै जनताले पनि एकै पटकमा घरमै हेर्न पाउँछन्’ मुख्यमन्त्री केजरिवालले भने ।

यद्यपि बीजेपीका नेताहरूले मुख्यमन्त्री केजरिवालले नियतबस नै फिल्मलाई ट्याक्स फ्री नगरेको आरोप लगाएका छन् । बीजेपी नेताहरू अमित माल्भिया, कपिल मिश्रासँगै दिल्ली बीजेपी अध्यक्ष आदेश गुप्ताले कडा टिप्पणी गरेका छन् । उनीहरूले ट्याक्स फ्री गर्न जोडदार माग गरेता पनि मुख्यमन्त्री केजरिवालले त्यो घोषणा गरेका छैन ।

उनले फिल्ममा झुटा कहानी देखाएको भन्दै ट्याक्स फ्री नगर्ने अडान कायम नै राखेका छन् । फिल्मको व्यापारको कुरा गर्ने हो भने प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले मार्च २५ सम्म २ सय ११ करोड ८३ लाखको व्यापार गरेको भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरूले जनाएका छन् ।

यो फिल्म प्रति दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरूमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ ।

पछिल्लो समय ओटीटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कम्जोर भइरहेको समयमा समिक्षा र वर्ड अफ माउथकै कारण ’द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ५३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री