मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरबीच मर्जर घोषणा « Khabarhub

मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरबीच मर्जर घोषणा


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा सञ्चालनमा रहेका दुई ठूला मल्टिप्लेक्स चेनबीच मर्जर घोषणा भएको छ ।

कोरोना भाइरसको महामारी पश्चात ओटीटीको बढ्दो आकर्षणका बीच ठूला मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरले मर्जर गर्ने घोषणा गरेका हुन् ।

फिल्म उद्योगलाई जोगाउन यस्तो कदम चाल्नुपरेको उनीहरूले बताएका छन् । यो मर्जरले दुवै ठूला मल्टिप्लेक्स चेनको खर्च कटौतीमा मद्दत गर्नेछ ।

नेटफ्लिक्स अमेजन प्राइम र डिज्ने प्लसजस्ता डिजिटल प्लेटफर्मले महामारी प्रभावित भारतीय फिल्म उद्योगलाई झनै संकटमा पारेको दाबी गर्दै हलको दीर्घकालीन अस्तित्व तथा ओटीटी प्लेटफर्महरूको आक्रमणसँग लड्नका लागि दक्षता हासिल गर्न एक भएको पीभीआर अध्यक्ष अजय बिजलीले भने ।

८ सय ५० पर्दासहित पीभीआर भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन हो भने आइनक्स लिजरसँग ६ सय ५० वटा पर्दा छन् । मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरबीच मर्जर भए १०९ सहरमा १ हजार ५०० पर्दा हुने छन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : १० बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ