मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरबीच मर्जर घोषणा « Khabarhub

मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरबीच मर्जर घोषणा


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा सञ्चालनमा रहेका दुई ठूला मल्टिप्लेक्स चेनबीच मर्जर घोषणा भएको छ ।

कोरोना भाइरसको महामारी पश्चात ओटीटीको बढ्दो आकर्षणका बीच ठूला मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरले मर्जर गर्ने घोषणा गरेका हुन् ।

फिल्म उद्योगलाई जोगाउन यस्तो कदम चाल्नुपरेको उनीहरूले बताएका छन् । यो मर्जरले दुवै ठूला मल्टिप्लेक्स चेनको खर्च कटौतीमा मद्दत गर्नेछ ।

नेटफ्लिक्स अमेजन प्राइम र डिज्ने प्लसजस्ता डिजिटल प्लेटफर्मले महामारी प्रभावित भारतीय फिल्म उद्योगलाई झनै संकटमा पारेको दाबी गर्दै हलको दीर्घकालीन अस्तित्व तथा ओटीटी प्लेटफर्महरूको आक्रमणसँग लड्नका लागि दक्षता हासिल गर्न एक भएको पीभीआर अध्यक्ष अजय बिजलीले भने ।

८ सय ५० पर्दासहित पीभीआर भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन हो भने आइनक्स लिजरसँग ६ सय ५० वटा पर्दा छन् । मल्टिप्लेक्स चेन पीभीआर र आइनक्स लिजरबीच मर्जर भए १०९ सहरमा १ हजार ५०० पर्दा हुने छन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : १० बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको