फुटबल प्रशिक्षकविरुद्ध विद्रोह: किरण भन्छन्- म खेलाडीको पक्षमा छु « Khabarhub

फुटबल प्रशिक्षकविरुद्ध विद्रोह: किरण भन्छन्- म खेलाडीको पक्षमा छु


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग आफ्नोसमेत असन्तुष्टि रहेको बताएका छन्। प्रशिक्षकविरुद्ध खेली खेलाडीले गरेको विद्रोहलाई समर्थन गर्दै कप्तान किरणले यस्तो बताएका हुन्।

कप्तान किरणले प्रशिक्षकको व्यवहारप्रति आफ्नो असन्तुष्टि राख्दै फेसबुकमार्फत् विद्रोही खेलाडीको समर्थन गरेका हुन्.।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ’, किरणले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।’

प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले विद्रोह गरेपछि किरणले उनीहरुको समर्थन गरेका हुन्।

कप्तान किरणको भनाइ फेसबुकबाट जस्ताको तस्तै–‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।
जय नेपाल।’

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : ५९ बजे

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोालउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट