काठमाडौं- संयुक्त राष्ट्रसङघका महासचिव एन्टोनियो गुटरेस युक्रेन पुगेका छन्। रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेपछि गुटरेस युक्रेनको राजधानी किभ पुगेका हुन्।
महासचिव गुटरेसले ट्वीट गरेर आफू मस्कोपछि युक्रेन पुगेको जानकारी दिँदै मानवीय सहयोग विस्तार गर्न र द्वन्द्वग्रस्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा लैजाने कामजारी राख्ने बताएका छन्।
मस्को भ्रमणका क्रममा महासचिव गुटरेसले रुसलाई मानवीय उद्धारको काममा संयुक्त राष्ट्रसङघ र रेडक्रसको संलग्नताका लागि सहमत गराएका छन्।
प्रतिक्रिया