वालिङमा नगरपालिकामा २५२ जनाको उम्मेदवारी « Khabarhub

वालिङमा नगरपालिकामा २५२ जनाको उम्मेदवारी


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो ।

वालिङ नगरपालिकाका निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र स्वतन्त्रबाट उम्मेदवारी परेको छ । दलहरुले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नगर प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ भने महिलाको सङ्ख्या शून्य छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राप्रपा र मङ्गोल अर्गनाइजेसनबाट एक-एक जना तथा स्वतन्त्रबाट दुई जनाको प्रमुखमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नेपालीले बताए ।

त्यसैगरी उपप्रमुखमा पाँच महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको वालिङ नगरपालिकामा वडाध्यक्षमा ५७ पुरुष र दुई महिलाको उम्मेदवारी परेको छ । यस्तै २८ खुला सदस्यमा ८८ पुरुष र पाँच महिला, महिला सदस्यमा ४५ र दलित महिला सदस्यमा ४३ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ५० बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर