ग्यास आपूर्ति रोकिएपछि ईयूको आरोप – ‘रुसले ब्ल्याकमेल गर्‍यो’ « Khabarhub

ग्यास आपूर्ति रोकिएपछि ईयूको आरोप – ‘रुसले ब्ल्याकमेल गर्‍यो’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो ।

रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाइन ।

यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए ।

पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ । रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए ।

बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो ।

बुधवार जारी एक विज्ञप्ति जारी गर्दै ग्याजप्रोमले राष्ट्रपति पुटिनले जारी गरेको आदेशअनुसार पोल्याण्ड र बुल्गेरियामा पूर्ण रूपमा ग्यास आपूर्ति रोकिएको जनाएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १० : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्