नेटो महासचिव भन्छन्, ‘स्विडेन र फिनल्याण्डलाई न्यानो स्वागत गरिनेछ’ « Khabarhub

नेटो महासचिव भन्छन्, ‘स्विडेन र फिनल्याण्डलाई न्यानो स्वागत गरिनेछ’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले स्विडेन र फिनल्याण्डले सदस्यताका लागि आवेदन दिए स्वागत गर्ने टिप्पणी गरेका छन् ।

स्टोल्टेनबर्गलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार सदस्यताका लागि आवेदन दिएको खण्डमा नेटोले फिनल्याण्ड र स्विडेनलाई खुला हृदयले स्वागत गरिनेछ ।

‘यो उनीहरुको निर्णय हो । तर यदि उनीहरुले आवेदन दिने निर्णय गरेको खण्डमा फिनल्याण्ड र स्विडेनलाई नेटोमा न्यानो स्वागत गरिनेछ र मेरो आशा छ, यो प्रक्रिया चाँडै सकिनेछ ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

यद्यपि उनले ती मुलुकहरु नेटोमा पूर्ण रुपमा आबद्ध हुन कति समय लाग्छ भन्नेबारे कुनै विवरण नदिएको जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला फिनल्याण्ड र स्विडेनले नेटोमा सदस्यताका लागि आवेदन दिन लागेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला स्टोल्टेनबर्गको यस्तो टिप्पणी आएको हो ।

केही दिनअघि स्विडेन र फिनल्याण्डका अखबारहरुले अर्को महिना दुई मुलुकले सदस्यताका लागि आवेदन दिनेबारे सार्वजनिक घोषणा गर्ने खुलासा गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  २ : ५५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क