चन्द्रागिरि नगरपालिकाको दहचोकमा नबिल बैंकको शाखा विस्तार « Khabarhub

चन्द्रागिरि नगरपालिकाको दहचोकमा नबिल बैंकको शाखा विस्तार


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । 

यो सँगै बैंकको शाखा  १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पुर्‍याउने लक्ष्य राखेको छ ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा बिहीबार आयोजित कार्यक्रममा शाखा शुभारम्भ गरेका थिए । 

 समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए । 

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाइएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताए ।  

बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबी गरे । 

कार्यक्रममा बैंकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैंककले सरल र सहज रुपमा सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने  जानकारी दिए । यसैगरी  कलङ्की शाखा प्रमुख राजदीप उप्रेतीले सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैंकको दहचोक शाखा विस्तार गरिएको बताए । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ३ : ०३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन