युक्रेनमा युद्ध चलिरहेका बेला अमेरिका र रुसद्वारा बन्दी साटासाट « Khabarhub

युक्रेनमा युद्ध चलिरहेका बेला अमेरिका र रुसद्वारा बन्दी साटासाट


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिका र रुसबीचको सम्बन्ध चिसिरहेका बेला दुई मुलुकले बन्दी साटासाट गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दुई मुलुकले बन्दी साटासाट गरेका हुन् ।

रुसले जेलमा रहेका अमेरिकी मरिन फौजका पूर्व सैनिक ट्रेभर रिडलाई रिहा गरेको र बदलामा अमेरिकाले पनि रुसी पाइलट कन्स्टन्टाइन यारोश्चेन्कोलाई रिहा गरेको हो ।

उनीहरुलाई टर्कीमा साटासाट गरिएको रिडका पिता जोइ रिडलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

रिडलाई धेरै रक्सी खाएर प्रहरीमाथि हातपात गरेको आरोपमा सन् २०१९ मा रुसले नियन्त्रणमा लिएको थियो । यता यारोश्चेन्कोलाई अवैध लागूऔषध कोकेन तस्करी गर्ने षड्यन्त्र गरेको आरोपमा अमेरिकामा पक्राउ गरिएको थियो ।

रिडलाई रुसमा ९ वर्षको कारावास सजाय सुनाइएको थियो भने यारोश्चेन्कोले अमेरिकामा २० वर्षको सजाय पाएका थिए ।

अमेरिकी प्रशासन ह्वाइट हाउसले बन्दी साटासाट भएको घटनाको स्वागत गरेको जनाएको छ । यद्यपि बन्दी साटासाट गर्ने कदमले दुई मुलुकबीचको सम्बन्धमा तत्कालै कुनै ठूलो परिवर्तन आइहाल्ने सम्भावना नरहेको एपीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ३१ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स