युक्रेनमा युद्ध चलिरहेका बेला अमेरिका र रुसद्वारा बन्दी साटासाट « Khabarhub

युक्रेनमा युद्ध चलिरहेका बेला अमेरिका र रुसद्वारा बन्दी साटासाट


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिका र रुसबीचको सम्बन्ध चिसिरहेका बेला दुई मुलुकले बन्दी साटासाट गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दुई मुलुकले बन्दी साटासाट गरेका हुन् ।

रुसले जेलमा रहेका अमेरिकी मरिन फौजका पूर्व सैनिक ट्रेभर रिडलाई रिहा गरेको र बदलामा अमेरिकाले पनि रुसी पाइलट कन्स्टन्टाइन यारोश्चेन्कोलाई रिहा गरेको हो ।

उनीहरुलाई टर्कीमा साटासाट गरिएको रिडका पिता जोइ रिडलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

रिडलाई धेरै रक्सी खाएर प्रहरीमाथि हातपात गरेको आरोपमा सन् २०१९ मा रुसले नियन्त्रणमा लिएको थियो । यता यारोश्चेन्कोलाई अवैध लागूऔषध कोकेन तस्करी गर्ने षड्यन्त्र गरेको आरोपमा अमेरिकामा पक्राउ गरिएको थियो ।

रिडलाई रुसमा ९ वर्षको कारावास सजाय सुनाइएको थियो भने यारोश्चेन्कोले अमेरिकामा २० वर्षको सजाय पाएका थिए ।

अमेरिकी प्रशासन ह्वाइट हाउसले बन्दी साटासाट भएको घटनाको स्वागत गरेको जनाएको छ । यद्यपि बन्दी साटासाट गर्ने कदमले दुई मुलुकबीचको सम्बन्धमा तत्कालै कुनै ठूलो परिवर्तन आइहाल्ने सम्भावना नरहेको एपीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ३ : ३१ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि