साउनमा ‘आँधी तुफान २’ « Khabarhub

साउनमा ‘आँधी तुफान २’


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘आँधी तुफान २’ को पोस्टर सहित रिलिज मिति घोषणा गरिएको छ । २०६३ सालमा निर्माण भएको फिल्म आँधी तुफानको सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् । सस्पेन्स थ्रिलर जनरामा रहेको फिल्मलाई दर्शकले साउन २० गते हेर्न पाउने छन् । लेडिज एक्सन फिल्मले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए ।

फिल्ममा रवी गिरी, पुस्कर राउत, संचीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

यसमा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ४ : १९ बजे

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको