मध्य अफ्रिकी गणतन्त्रद्वारा बिट्कोइनलाई कानूनी मान्यता « Khabarhub

मध्य अफ्रिकी गणतन्त्रद्वारा बिट्कोइनलाई कानूनी मान्यता


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रले बिट्कोइन क्रिप्टोकरेन्सीलाई औपचारिक मुद्राका रुपमा कानूनी मान्यता दिएको छ ।

बिट्कोइनलाई कानूनी मान्यता दिन सांसदहरूले सर्वसम्मत निर्णय गरेको त्यहाँको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीबीसीका अनुसार उक्त निर्णयले मुलुकलाई संसारको ‘सबैभन्दा साहसिलो र भविष्यदर्शी देशहरूको मानचित्रमा’ पुर्‍याएको विज्ञप्तिमा लेखिएको छ ।

यससँगै मध्य अफ्रिकी गणतन्त्र बिट्कोइनलाई कानूनी मान्यता दिने दोश्रो मुलुक बनेको बीबीसीले जनाएको छ । यसअघि गत वर्ष सेप्टेम्बर महिनामा ल्याटिन अमेरिकी मुलुक एल साल्भाडोर बिट्कोइनलाई कानूनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो ।

हिरा, सुन र युरेनियम जस्ता प्रचुर खनिज पदार्थ भएपनि यो मुलुक विश्वकै सबैभन्दा गरिब मुलुकको सूचीमा पर्छ ।

त्यहाँ अहिले फ्रान्सका अन्य पुराना उपनिवेशहरूमा जस्तै फ्रान्सले समर्थन गरेको सीएफए फ्र्याङ्क मुद्रा प्रचलित छ।

बीबीसीका अनुसार केही विश्लेषकहरूले बिट्कोइनलाई कानूनी मान्यता दिने मध्य अफ्रिकी गणतन्त्रको निर्णय सीएफएलाई तिरस्कार गर्ने प्रयासस्वरूप भएको ठानेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ४ : १२ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा