सेलेब्सले रुचाए ‘मन्त्र’ « Khabarhub

सेलेब्सले रुचाए ‘मन्त्र’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर फिल्म ‘मन्त्र’ ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको छ । 

फिल्म हेर्न पुगेका सेलेब्सले फिल्मलाई ‘अर्गानिक प्रेम कथा’ भनेका छन् । बुधबार साँझ काठमाडौँमा गरिएको प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईँ, मोडल निराजन प्रधान लगायतको उपस्थिति थियो ।

No description available.

करिब ५१०० मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्मलाई हिमाली प्रेमकथा भनिएको छ । ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकराजले सिनेमाको छायांकन स्थलले सबैभन्दा बढी लोभ्याउने बताए । ‘फिल्म जुन ठाउँमा छायांकन गरिएको छ, त्यो छायांकन स्थलले सबैभन्दा बढी लोभ्याउँछ । हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौ’ दीपकले भने । उनले फिल्ममा कलाकारको अभिनयसँगै ब्याकग्राउण्डस्कोर सबैभन्दा बढी बुलन्द रहेको प्रतिक्रिया समेत दिए । 

No description available.

अभिनेत्री दीपाश्री निरौलाले प्रतिक्रिया दिने क्रममा दीपकराजतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’ दीपाले फिल्मको सेटअपले समेत नेपाली मन दर्साउने बताइन । कथावाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको दीपाले भनिन । 

अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्म रमाइलो लागेको बताए । ‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै फिल्म आरामसँग हेर्न सकियो’ बस्नेतले भने, ‘पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको विभिन्न कथाहरू आइरहेको छ । यसरी नै फिल्महरू बन्दै जानुपर्छ जस्तो लाग्छ ।’ निश्चलले पनि ब्याकग्राउण्डस्टोर सशक्त पक्ष रहेको प्रतिक्रिया दिए । 

No description available.

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘मन्त्र’ मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । 

परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ४ : ३३ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं – आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका

काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको