सेलेब्सले रुचाए 'मन्त्र' | Khabarhub Khabarhub

सेलेब्सले रुचाए ‘मन्त्र’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर फिल्म ‘मन्त्र’ ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको छ । 

फिल्म हेर्न पुगेका सेलेब्सले फिल्मलाई ‘अर्गानिक प्रेम कथा’ भनेका छन् । बुधबार साँझ काठमाडौँमा गरिएको प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईँ, मोडल निराजन प्रधान लगायतको उपस्थिति थियो ।

No description available.

करिब ५१०० मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्मलाई हिमाली प्रेमकथा भनिएको छ । ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकराजले सिनेमाको छायांकन स्थलले सबैभन्दा बढी लोभ्याउने बताए । ‘फिल्म जुन ठाउँमा छायांकन गरिएको छ, त्यो छायांकन स्थलले सबैभन्दा बढी लोभ्याउँछ । हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौ’ दीपकले भने । उनले फिल्ममा कलाकारको अभिनयसँगै ब्याकग्राउण्डस्कोर सबैभन्दा बढी बुलन्द रहेको प्रतिक्रिया समेत दिए । 

No description available.

अभिनेत्री दीपाश्री निरौलाले प्रतिक्रिया दिने क्रममा दीपकराजतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’ दीपाले फिल्मको सेटअपले समेत नेपाली मन दर्साउने बताइन । कथावाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको दीपाले भनिन । 

अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्म रमाइलो लागेको बताए । ‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै फिल्म आरामसँग हेर्न सकियो’ बस्नेतले भने, ‘पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको विभिन्न कथाहरू आइरहेको छ । यसरी नै फिल्महरू बन्दै जानुपर्छ जस्तो लाग्छ ।’ निश्चलले पनि ब्याकग्राउण्डस्टोर सशक्त पक्ष रहेको प्रतिक्रिया दिए । 

No description available.

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘मन्त्र’ मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । 

परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ४ : ३३ बजे

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज