मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न सरकारलाई सिफारिस | Khabarhub Khabarhub

मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न सरकारलाई सिफारिस


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय चुनावको मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

मतदान केन्द्र तोकिएका विद्यालयहरू वैशाख २८ देखि ३० गतेसम्म बन्द गर्न आयोगले सिफारिस गरेको हो ।

मतादन केन्द्र रहेका विद्यालयहरूमा विद्यार्थीको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यका लागि विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए ।

निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवनहरू तीन दिन उपलब्ध गराउनसमेत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको छ ।

विद्यालय तीन दिन बन्द रहँदा पठनपाठनमा समस्या हुने देखिए वैकल्पिक व्यवस्था अपनाउन सकिने उनको भनाइ छ । ‘तीन दिन भर्चुअल माध्यमबाट पनि पठनपाठन गराउन सकिन्छ । यसअघि कोरोना महामारीको समयमा भर्चुअल नै पठनपाठन हुँदै आएको थियो,’ अर्यालले भने ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : ४३ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ