सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहबीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै संगठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्यांकन स्वरूप पदोन्नति प्राप्त भएको बताए ।

उनले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्यसम्पादनमा जुट्न निर्देशन दिँदै कमान्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिँदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताए ।

महानिरीक्षक केसीले पदोन्नति वृत्तिविकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रहरूमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमान्दारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशील रहन निर्देशन दिए ।

नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको वैशाख १५ गतेको निर्णयले सशस्त्र  प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उपसमूहका १० जना, साधारण समूह कानुन उपसमूहका २ जना र प्राविधिक समूह स्वास्थ्य तर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ७ : २४ बजे

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले