फिल्मका लागि अन्तरक्रिया : विदेशीलाई मापदण्ड तथा स्वदेशीलाई समान व्यवहार  | Khabarhub Khabarhub

फिल्मका लागि अन्तरक्रिया : विदेशीलाई मापदण्ड तथा स्वदेशीलाई समान व्यवहार 



सिनेमा सर्कल नेपालको आयोजनामा सम्पन्न ‘चलचित्र प्रदर्शनको समस्या तथा महामारी पछिको नेपाली चलचित्र’ विषयक अन्तरक्रियामा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, फिल्म निर्देशक सुदर्शन थापा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा र निर्माता, प्रदर्शक, वितरक तथा चलचित्र विकास बोर्डका पूर्व सदस्य नरेन्द्र महर्जनले आफ्नो धारणा राखेका छन् । पत्रकार तथा फिल्म लेखक सुशील पौडेलले सहजकर्ताको रुपमा फिल्म प्रदर्शनको समयका विषयमा यसको तीनै विधासँग जोडिएका नरेन्द्र महर्जनलाई प्रश्न गरेका थिए । 

कोरोना भाइरसको महामारी पश्चात विस्तारै फिल्महरूले लय समातिरहेको सन्दर्भमा आफूहरू खुशी रहेको उनले बताए । ‘विस्तारै हलमा दर्शक फर्किएका छन् । यो खुशीको कुरा हो । यद्यपि पुनः कोरोना भाइरसको संक्रमण बढिरहेको खबर आइरहेको छ । त्यसले केही अत्याएको भने छ’ नरेन्द्रले भने । उनले तंग्रिने अवस्थामा हल बन्द गर्नु परे पुनः उठ्न कठिन हुने विचार राखेका छन् । 

निर्माता संघका अध्यक्ष अधिकारीले ओटीटीले पनि दर्शकको चेतनाको स्तर बढाएको बताए । विदेशमा समेत हजारौँको सङ्ख्यामा फिल्म निर्माण भएता पनि हामी कहाँ गुणस्तरीय फिल्मको मात्र चर्चा हुने बताउँदै ओटीटीका दर्शकलाई तान्न कन्टेनमा मेहनत गर्नु पर्ने बताए । ‘ओटीटीको समस्या कोरोना भाइरसले निम्त्याएको महामारीका कारण छिटो आयो होला । तर, यो आउँथ्यो नै । अब हामीले हाम्रो कन्टेनमा ध्यान दिनु पर्छ’ अध्यक्ष अधिकारीले भने । उनले आफू सहित संघको पहलमा फिल्मलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा पार्न सफल भएको बताए । ‘हामीले राष्ट्रिय प्राथमिकताको उद्योगका रुपमा पार्न त सफल भयौँ । तर, ऐन र कार्यविधि नबन्दा भने त्यसको फाइदा महसुस गर्न पाएका छैनौँ’ उनले भने । अध्यक्ष अधिकारीका अनुसार नेपाली फिल्म पनि पर्यटन र कृषि झैँ उद्योगका रुपमा रहेको छ । 

यद्यपि उनले नेपाली फिल्मलाई अगाडि बढाउन राज्यको साथ र सहयोग चाहिने बताए । उनले छिमेकी मुलुक चीनमा विदेशी फिल्म प्रदर्शनको लागि कोटा रहेकोले मात्र स्थानीय फिल्मले कला, संस्कृतिलाई अगाडि बढाउन सफल भएको बताए । ‘चीन मात्र होइन् भारतमा पनि प्रान्तका हिसाबले फिल्मको कोटा हुने गरेका छन् । यसले लोकल फिल्मलाई मदत गर्छ । ती देशमा बजार सोनो होइन तर लोकल फिल्मलाई बचाउनु पर्छ भन्ने मापदण्ड छ’ अध्यक्ष अधिकारीले भने । उनले एन कानुन नबन्दासम्म केही नहुने विचार व्यक्त गरे । 

उनले विदेशी फिल्मलाई रोक लगाउने भन्दा पनि कोटा प्रणाली मार्फत विदेशी फिल्म प्रदर्शन गर्ने व्यवस्थाको पक्षामा आफू रहेको बताए । अध्यक्ष अधिकारीकै तर्कमा निर्देशक सुदर्शन पनि सहमत सुनिए । उनले पनि विदेशी फिल्म रोकेर मात्र स्वदेशी फिल्मको बजार विस्तार नहुने तर्क अगाडि सारे । नेपाली फिल्मलाई इन्डियामा चलाउन पाउँदा खुशी हुने भएकाले विदेशी फिल्मलाई नेपालमा रोक्न नमिल्ने तर्क सहित निर्देशक सुदर्शन पनि सुनिए । आफू निर्देशित तथा निर्मित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको ताजा अनुभव सहित सुनिएका सुदर्शनले नेपाली फिल्मलाई तल्लो दर्जाको रुपमा व्यवहार गरिने अनुभव साटे । ‘विदेशी फिल्म प्रदर्शनमै शो पाउँछ । तर , नेपाली फिल्म प्रदर्शन भएर दर्शक बढें मात्र शो बढ्छन् । हल संचालकसँग रिक्वेस्ट गरेर शो बढायो भने पनि त्यो विहानीको समयको दिन्छन’ सुदर्शनले भने ,’नेपाल मात्र यस्तो देश होला जहाँ स्वदेशी फिल्मले शो पाउँदैनन् । रिलिज गर्न विदेशी फिल्मले छाडेको डेट हेर्नु पर्ने बाध्यता प्रदर्शकको कारण छ ।’

नेपाली फिल्म अगाडि नबढ्नुमा उनले फिल्मकर्मी बीच एकता नहुनु पनि देख्ने गरेका छन् । ‘यहाँ जसलाई समस्या पर्छ । उसैले भोग्छ । अनि अर्कोलाई पर्छ । उसैले भोग्छ । हामी एक भएर लड्ने अवस्था नआउँदासम्म जीत सम्भव छैन’ सुदर्शनले भने । उनले दर्शकको सँग मायाको भिख , प्रदर्शकसँग शोको लागि भिख मागेर अब नचल्ने भन्दै फिल्मकर्मी एक हुनुका साथै कन्टेनमा मेहनत र मेकिङ्ग शैलीमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । नरेन्द्रले आफूले नेपाली फिल्म मात्र वितरण गर्ने गरेको बताउँदै नेपाल सरकारले सहुलियत दिएमा नेपाली फिल्म मात्र प्रदर्शन गर्ने बताए । 

‘हामीलाई सहुलियत दिनुस न । हामी नेपाली फिल्म मात्र प्रदर्शन गर्छौँ । हामीलाई नेपाली फिल्म प्रदर्शन गर्दा फाइदा छ । विदेशी फिल्म गर्दा छैन । तर, सरकारबाट केही सहुलियत नपाउँदा हाम्रो पनि व्यवहार बधिएका छन्’ नरेन्द्रले भने । निर्माता संघका अध्यक्ष अधिकारीले ट्रेलर हेरेकै भरमा शो संख्या छुट्याउनु वैज्ञानिक नरहेको बताए । ‘कुनै फिल्ममा वर्ड अफ माउथकै कारण पनि दर्शक बढ्ने गरेका छन् । ती फिल्मले सुरुवाती समयमा नै शो नपाउँदा अन्यायमा पर्ने गरेका छन् । नेपाली फिल्म विक्रम संवत २०२६ सालमै बनेको नीतिले चल्ने भएर पनि विविध समस्या आउने गरेको उनको तर्क छ । 

‘हामीले समस्यालाई बुँदागत रुपमा फाइल गरेर मातहतको निकाय चलचित्र विकास बोर्डमा बुझाएका छौँ । हामी नीतिगत रुपमा बलियो हुनुपर्छ भन्ने लडाईमा छौँ । यद्यपि त्यस्तो लडाईमा आफ्नै निर्माता सदस्यहरुको साथ पाइदैन’ अध्यक्ष अधिकारीले भने । उनकै कुरामा सुदर्शन पनि सहमत भए । उनले निर्माताहरुले एक्ला एक्लै यो लडाई लड्न नसक्ने विचार राखे । ‘पुष्पाले आरआरआरको मार्केट बनायो । आरआरआरले केजीएफको मार्केट । त्यसैले वितरकले त्यति धेरै पैसा हालेर नेपाल ल्याए । हामी कहाँ पनि एकता हुने हो भने यो लडाई लड्न सक्छौँ’ सुदर्शनले भने । 

चलचित्र निर्देशक समाजकी अध्यक्ष्य रक्षा सिंह राणाले समस्या पर्दा मात्र संघ संस्था सम्झिने प्रवृतिले लडाई लड्न अप्ठ्यारो भएको बताइन्  । ‘हामीले उठाउने मुद्दाले एक फिल्म वा निर्देशक भन्दा पनि समग्र फिल्म उद्योगलाई फाइदा पुर्‍याउने हुन्छ । यद्यपि त्यसता कार्यमा निकै कम सहभागिता देख्न पाइन्छ’ अध्यक्ष राणाले भनिन् । उनले आफूले विगत एक दशकको समयमा फिल्म निर्देशन नगर्नुको कारण नै प्रदर्शनमा आउने समस्या भएको बताइन्। ‘फिल्म बनाउन सक्छु तर चलाउन सक्दिन । त्यसैले म पनि मेरो निर्देशक समाज मार्फत नीतिगत रुपमै बलियो हुनुपर्छ भनेर आवाज उठाउने गरेकी छु’ अध्यक्ष राणाले भनिन् । यद्यपि उनले पनि विदेशी फिल्म रोक लगाउने भन्दा पनि त्यसलाई सिस्टममा ल्याएर स्वदेशी फिल्मलाई प्राथमिकता दिने नीति राज्यको हुनु पर्नेमा जोड दिइन् । 

उनले विकल्पका रुपमा ओटीटी प्लेटफर्म रहेता पनि यहि शैलीले त्यहाँ पुग्न नसकिने बताइन् । ओटीटीका लागि कन्टेन , क्वालिटी सहित अगाडी आए मात्र यात्रा सम्भव रहेको उनको बुझाइ छ । ‘हामीले मार्केटिङको शैलीलाइ पनि परिवर्तन गर्नु पर्नेछ । अनि कथ्यशैली पनि । अनि मात्र त्यहाँसम्मको यात्रालाई सोच्न सकिन्छ’ अध्यक्ष राणाले भनिन् । यता निर्माता संघका अध्यक्ष अधिकारीले भने अब ओटीटीमा नेपाली कन्टेन विस्तारै आउने विश्वास व्यक्त गर्छन । ‘हामी कहाँ उनीहरुको प्रयोगकर्ता नै नभएपछि लगानी गर्ने आधार थिएन । अघिल्लो वर्ष देखि नेपालीले डलर कार्ड बनाएर नेपालबाटै सब्सक्राइब गरिरहेका छन् । यसले नेपालमा ओटीटीले लगानी गर्ने वातावरण बन्छ । यद्यपि समय लाग्छ’ अध्यक्ष अधिकारीले भने । उनले जेनेरेशन परिवर्तनकै कारण हरेक दशकमा प्रविधिमा परिवर्तन आएकोले ओटीटी लोकप्रिय बनिरहेको सन्दर्भ समेत जोडे । 

‘ सिङ्गल हलहरु पूर्णनिर्माण नभएर बन्द भइरहेका छन् । किनकी ओटीटी मात्र होइन मलमा नयाँ र सानो हल संचालनमा आइरहेका छन् । यसले संचालन खर्च समेत कटौती हुने भएकाले पुराना तथा सिङ्गल हलहरु कम हुँदै गएका हुन्’ अधिकारीले भने । सुदर्शनले कोरोना भाइरस महामारी समयमा दर्शकको चेतनाको स्तर बढेकाले मेकर्सले पनि सोचमा नयाँपन ल्याएर त्यसलाई पर्दामा देखाउनु पर्ने बताए । ‘अहिले त कोरोना भाइरसको महामारी अगाडि बनेका फिल्महरु नै प्रदर्शन भइरहेका छन्। तर, अब हामीले सोच्नु पर्ने भईसकेको छ । अब हामीले कन्टेनमा मात्र सुधार ल्याउने होइन । मेकिङ्ग र मार्केटिङको बारेमा पनि सोच्नु पर्छ’ सुदर्शनले भने । 

चलचित्र विकास बोर्डसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका निर्देशक दिनेस डिसीले कार्यक्रम मार्फत आएका सुझावलाई सम्बन्धित निकायमा बुझाइने बताए।’हामीले यसलाई डकुमेन्टेसन गरेर सम्बन्धित निकायमा दिनेछौँ । हाम्रो उदेश्य अहिलेको नेपाली फिल्मको अवस्थासँगै गर्न सकिने सुधारलाई बहसमा ल्याउनु र त्यसलाई सम्बन्धित निकायसम्म पुर्‍याउने हो’ डिसीले भने । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का , कलाकार उत्तम सुवेदी , निर्देशक लक्ष्मण सुवेदी, रंग पत्रकार राजन घिमिरे, कलाकार प्रदीप बास्तोला लगायतको उपस्थिति रहेको थियो । 

तस्बिर सौजन्य : जनक खड्का

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ८ : ०५ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल