खेलाडीहरु भन्छन्, 'अल्मुताइरीले निर्देशन दिएपछि क्याम्पबाट निस्किएका हौँ' | Khabarhub Khabarhub

खेलाडीहरु भन्छन्, ‘अल्मुताइरीले निर्देशन दिएपछि क्याम्पबाट निस्किएका हौँ’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एकपक्षीय रुपमा क्याम्प छोड्न निर्देशन दिएसँगै आफूहरू क्याम्पबाट निस्किएको स्पष्टीकरण दिएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खेलाडीहरुले निरन्तर क्याम्प छोड्न दबाब आएको पनि बताए । दबाबबीच निरह भई सबै जना होटेलबाट निस्केको तर विद्रोह भने नगरेको उनीहरुले बताए ।

प्रशिक्षक अल्मुताइरीसँग भएको विवादलाई आफूहरुले अखिल नेपाल फुटबल संघ एन्फामा राखेको तर त्यसलाई गलत ढंगमा प्रस्तुत गरिएको पनि खेलाडीहरुको गुनासो छ ।

साथै एन्फाको बन्द प्रशिक्षणका क्रममा होस्टेलमा व्यवस्थापन कमजोर रहेको पनि उनीहरुले बताए । यस्तै खेलाडीहरुको प्रतिनिधित्व गर्ने मिडफिल्डर रोहित चन्दलाई एकपक्षीय रुपमा स्पष्टीकरण बिनै क्याम्पबाट निकालिएको उनीहरुको भनाइ छ ।

पत्रकार सम्मेलनका क्रममा प्रशिक्षक अल्मुताइरीले खेलाडीको मैदान बाहिरको जीवनलाई लिएर पनि कारबाही गर्ने किसिमको प्रवृत्ति देखाएको उनीहरूले आरोप लगाए ।

उनीहरूले आफूहरु देशको लागि विभिन्न त्याग गरी खेल्दै आएको तथा प्रशिक्षक र आफूहरुबीच भएको तीतो पनलाई सही तरिकाले समाधान गर्न पनि एन्फालाई आग्रह गरेका छन् ।

रोहित चन्दको क्याम्पबाट निस्किएसँगै मंगलबार ९ खेलाडी बन्द प्रशिक्षणबाट एन्फालाई कुनै जानकारी नदिई होटलबाट निस्किएको घटनाबारे स्पष्टीकरण दिन खेलाडीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ७ : ४६ बजे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ

तनहुँमा अजिङ्गर फेला

दमौली –तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री