खेलाडीहरु भन्छन्, ‘अल्मुताइरीले निर्देशन दिएपछि क्याम्पबाट निस्किएका हौँ’ « Khabarhub

खेलाडीहरु भन्छन्, ‘अल्मुताइरीले निर्देशन दिएपछि क्याम्पबाट निस्किएका हौँ’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एकपक्षीय रुपमा क्याम्प छोड्न निर्देशन दिएसँगै आफूहरू क्याम्पबाट निस्किएको स्पष्टीकरण दिएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खेलाडीहरुले निरन्तर क्याम्प छोड्न दबाब आएको पनि बताए । दबाबबीच निरह भई सबै जना होटेलबाट निस्केको तर विद्रोह भने नगरेको उनीहरुले बताए ।

प्रशिक्षक अल्मुताइरीसँग भएको विवादलाई आफूहरुले अखिल नेपाल फुटबल संघ एन्फामा राखेको तर त्यसलाई गलत ढंगमा प्रस्तुत गरिएको पनि खेलाडीहरुको गुनासो छ ।

साथै एन्फाको बन्द प्रशिक्षणका क्रममा होस्टेलमा व्यवस्थापन कमजोर रहेको पनि उनीहरुले बताए । यस्तै खेलाडीहरुको प्रतिनिधित्व गर्ने मिडफिल्डर रोहित चन्दलाई एकपक्षीय रुपमा स्पष्टीकरण बिनै क्याम्पबाट निकालिएको उनीहरुको भनाइ छ ।

पत्रकार सम्मेलनका क्रममा प्रशिक्षक अल्मुताइरीले खेलाडीको मैदान बाहिरको जीवनलाई लिएर पनि कारबाही गर्ने किसिमको प्रवृत्ति देखाएको उनीहरूले आरोप लगाए ।

उनीहरूले आफूहरु देशको लागि विभिन्न त्याग गरी खेल्दै आएको तथा प्रशिक्षक र आफूहरुबीच भएको तीतो पनलाई सही तरिकाले समाधान गर्न पनि एन्फालाई आग्रह गरेका छन् ।

रोहित चन्दको क्याम्पबाट निस्किएसँगै मंगलबार ९ खेलाडी बन्द प्रशिक्षणबाट एन्फालाई कुनै जानकारी नदिई होटलबाट निस्किएको घटनाबारे स्पष्टीकरण दिन खेलाडीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ७ : ४६ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर