प्रशिक्षक र फुटबल खेलाडी विवादको छानबिन हुने « Khabarhub

प्रशिक्षक र फुटबल खेलाडी विवादको छानबिन हुने


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  अखिल नेपाल फुटबल संघ एन्फामा नयाँ विवाद उत्पन्न भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरू प्रति गरेको व्यवहारका कारण १० खेलाडीले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेका छन् ।

नियमित तथा अनुभवी सदस्य रोहित चन्दले खेलाडीको समस्या उनै प्रशिक्षक अब्दुल्लाहलाई राख्दा उनले टिम अभ्यासबाट निस्कन दबाब दिएपछि रोहितले होटेल छाडे ।

आफ्ना विषयमा बोलेका लिडर रोहितलाई टिमबाट निकालेपछि अन्य १० खेलाडीसमेत त्यसको भागिदार बन्दै टिम छाड्न बाध्य भए ।

तर, यो विषय बाहिर आएपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीसँग बैठक बसेका थिए । उनले सत्यतथ्य बुझेर पुनः भेट्ने बाचा गरे तर भेटेका छैनन् ।

कुराकानीकै क्रममा खेलाडीले प्रशिक्षकको अन्डरमा खेल्ने वातावरण अब नहुने र बर्खास्तसम्मको कुरा उठाएका थिए । तर, अध्यक्ष कर्माले भने इन्कार गरे ।

‘भेटमा कुरा हुँदा अध्यक्षले चुनाव छ । केही गर्न सक्दिन भनेका छन्,’ मिडफिल्डर विशाल राईले भने । पछिल्लो समय सत्तापक्ष इतर देखिएका अब्दुल्लाह यो काण्डमा समेत सत्तापक्ष नजिक देखिएका छन् । यसै विषयमा एन्फाले छानबिन गर्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले विवाद समाधानका लागि छानबिन गर्ने बताए ।

पत्रकार सम्मेलनमा १० खेलाडी (रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, विमल घर्ती मगर, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, दिनेश राजवंशी) सहित एन्फाअन्तर्गतको खेलाडी संघबाट अध्यक्ष विक्रम लामा र बिकेश कुथुको सहभागिता थियो ।

हाल नेपाली टिम अफगानिस्तानसँग हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा छ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ ।

यसपछि नेपाली टिमले एएफसी एसियन कप- २०२३ को छनोट खेल्नेछ ।  समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १० : २८ बजे

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक