पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर–घरमै « Khabarhub

पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर–घरमै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो ।

नगरस्थित बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण गर्ने तयारी गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

“वृद्ध भत्ता बुझ्न गाउँगाउँबाट बजारमा रहेका बैंकमा आउँदा वृद्धवृद्धालाई झनै सास्ती भएको गुनासो आउने थालेपछि बैंकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरुनै घर–घरमा पुगेर वितरण गर्ने तयारी गरेका हौँ”, उनले भने ।

नेपाली कांग्रेसबाट विजयी भएका प्रमुख भट्टराईले आफ्नो चुनावी घोषणापत्रमा घर–घरमै वृद्धभत्ता दिने उल्लेख गरेका थिए ।

घोषणापत्रमा उल्लेख गरे बमोजिम नै बैंक तथा वित्तीय संस्थाहरुको समन्वय र सहकार्यमा कार्यान्वयनमा अगाडि बढेको उनले बताए ।

त्यस्तै पुतलीबजार नगरपालिकाले पनि वृद्धवृद्धालाई बैंकसम्म आएर वृद्ध भत्ता बुझ्नुपर्दा समस्या भएको भन्दै घरमै पुगेर वितरण गर्ने तयारी थालेको छ । ग्रामीण भेगदेखि बजारमा रहेको बैंकसम्म आउँदा जाँदा सवारीसाधनको समस्या र बैंकमा आएर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि घरमै पुगेर वितरण गर्ने तयारी गरेको नगरप्रमुख तुल्सीराम रेग्मीले बताए ।

घरमै पुगेर वितरण गरेपछि समय र खर्चमा पनि वचत हुनाका साथै सहज हुने भएकाले घरबाटै वितरण गर्ने तयारी थालिएको उनले बताए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १२ : ०१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन