कोरियन भाषा परीक्षा यस वर्ष तीन सिफ्टमा हुने « Khabarhub

कोरियन भाषा परीक्षा यस वर्ष तीन सिफ्टमा हुने


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्ष कोरियन भाषा परीक्षा (ईपीएस)१९ जेठदेखि ३ असारसम्म सञ्चालन हुने भएको छ ।

वैशाख २६ गते सञ्चालन हुने भनिएको परीक्षा स्थानीय तह निर्वाचनका कारण स्थगित भएको थियो । यस पटक परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परीक्षामा उर्तिणमध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ कम्पनीहरूमा गरी ९ हजार ५ सय १३ नेपालीहरूलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो ।

वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरिया जान ४३ हजारभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन सकेन ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : ३३ बजे

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक