फ्रेन्च ओपन : जोकोभिच र नाडाल चौथो चरणमा « Khabarhub

फ्रेन्च ओपन : जोकोभिच र नाडाल चौथो चरणमा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्लोभाकियाका एल्जाज बेडेनीमाथि ६-३,६-३,६-२ को सहज जितसहित साविकको विजेता नोभाक जोकोभिच फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

यससँगै जोकोभिच र १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालबीच क्वार्टरफाइनलमा भेट हुने सम्भावना प्रबल रहेको छ । नाडालले शुक्रबार राति चौथो चरणमा प्रवेश गर्ने क्रममा बोटिक भान डी जान्स्लुपमाथि ६-३,६-२,६-४ को जित निकाले । नाडालले चौथो चरणमा आइतबार क्यानडाका फेलिक्स औगर अलियास्मीसँग प्रतिस्पर्धा गर्नेछन् ।

नाडाल गत संस्करणको फाइनलमा जोकोभिचसँग पराजित भएका थिए । करङको चोटका कारण करिब दुई महिना कोर्ट बाहिर रहेका नाडाल अहिले विरियताको पाँचौ स्थानमा छन् । जोकोभिचले भने अन्तिम १६ मा अर्जेन्टिनाका डिएगो स्वार्चम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : ५३ बजे

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने