कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत « Khabarhub

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने विपक्षी दलका नेता तथा कार्यकर्तालाई ठेगान लगाउने चेतावनी दिएका छन्।

सिन्धुपाल्चोकमा कांग्रेसको इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफू पदमा भए पनि नभए पनि पार्टीको पक्षमा उभिने बताएका हुन्।

‘म पदमा हुँ वा नहुँ, धेरथोर रोजगारी सिर्जना गर्दै आएको मान्छे मै हुँ। पदमा हुँ वा नहुँ, विपक्षी पार्टीका नेता–कार्यकर्ताले नेपाली कांग्रेसमाथि धावा बोल्यो भने ठाउँको ठाउँ ठेगान लगाउने मान्छे पनि मै हुँ,’ उनले भने।

बस्नेतले आफू पदमा नरहे पनि जिल्लाको विकासका लागि काम गरिरहने बताए।

‘म पदमा हुँ वा नहुँ, यो जिल्लामा विकास ओसार्ने काममा लाग्ने मान्छे मै हुँ,’ उनले भने।

कांग्रेसभित्र समूहगत गतिविधि चलिरहेका बेला बस्नेतले पार्टीको पक्षमा कडा अभिव्यक्ति दिएका हुन्।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ३ : ४३ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु