विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग « Khabarhub

विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सर्वजित मेमोरियल ट्रष्टले विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार कार्यक्रम गर्दै ट्रष्टले स्थानीय हिमालय आधारभूत विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

सर्वजित मेमोरियल ट्रष्टले प्रदान गर्ने बेष्ट सर्वजित टिचर अफ द इयर २०७८ को पुरस्कार शिक्षिका अञ्जना थुलुङले पाएकी छन् । ट्रष्टले विद्यालयका शिक्षकमध्येबाट एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने ५ हजार राशीको पुरस्कार थुलुङलाई प्रदान गरेको हो ।

यस्तै, बेष्ट सर्वजित सपोर्टिङ टिचरअन्तर्गतको सहयोग शिक्षक वसन्त राईलाई प्रदान गरिएको छ । हाल निजी श्रोतबाट मासिक १० हजारमा काम गरिरहेका शिक्षक राईलाई ट्रष्टले गत वैशाखदेखि लागु हुने गरी मासिक पाँच हजार थप गरिदिएको हो । शिक्षक राईको तलब १५ हजार नपुगेसम्म मासिक पाँच हजार उपलव्ध गराइने सर्वजित मेमोरियल ट्रष्टका अध्यक्ष सिताराम राईले बताए ।

ट्रष्टले मासिक ७ हजारमा काम गरिरहेका विद्यालयका सहायक कर्मचारी हिरादेबी श्रेष्ठलाई गत वैशाखदेखि लागू हुने गरी मासिक ३ हजार थप गरिदिएको छ । यस्तै, कक्षा १ देखि कक्षा १० सम्मका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने छात्र-छात्रालाई नगद पुरस्कार प्रदान गरेको ट्रष्टले जनाएको छ । ट्रष्टले विद्यालयको नयाँ भवनको चेनगेट र पुरानो भवनको तल्लो तलाको १० वटा झ्यालमा ग्रिल हालेर हस्तान्तरण गरेको विद्यालयका प्रअ मित्रकुमार दाहालले बताए ।

ट्रष्टले विद्यालयलाई १९ थान प्लाष्टिकको कुर्सी, ४ थान ह्वाइटबोर्ड, पुस्तक, साइन्स ल्यावको सामग्री, खेल सामग्री हस्तान्तरण गरेको छ । ९ छात्र/त्रालाई पोशाक तथा झोला पनि प्रदान गरेको ट्रष्टले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ५५ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले