जग्गामा ठगी गरेको आरोपमा दुई पक्राउ « Khabarhub

जग्गामा ठगी गरेको आरोपमा दुई पक्राउ


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न रु पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्वर गाइजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक राजु केसीका अनुसार खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नपा–१४ बस्ने धनीराम राईसमेतको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो । महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको तथा भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानुनी प्रक्रिया अगाडि बढाएको केसीले बताए ।

पक्राउ परेका अधिकारी र गाइजुले भक्तपुर साविक सुडाल गाविस–४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गाधनीसँग अनुमति नलिई अनुमति लिएको छौँ भन्दै झुक्याएको र त्यससँगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गासमेत बिक्री गर्न करारनामा गरी बैनाबापत रु पाँच करोड २० लाख लिएर ठगी गरेको अभियोग छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : २७ बजे

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने