सुन्दरी मिरुना (फोटो फिचर) « Khabarhub

सुन्दरी मिरुना (फोटो फिचर)


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लण्डनमा बस्दै आएकी मिरुना मगरलाई अभिनयमा खुबै रुची थियो । आमा थिएटरको कलाकार भएका कारण पनि उनलाई अभिनयमा चासो बढेको थियो । सन् २०१६ मा लन्डनबाट नेपाल आएकी मिरुनाले रहरै रहरमा अभिनय सिकिन् । एक्टर स्टूडियोमा अभिनय सिकेकी मिरुनाले नाटकमा काम गर्ने अवसर पाइन् । नाटक थियो, ‘कथा देश ३’ । उक्त नाटकमा काम गरेपछि मिरुनाले फिल्म पाइन् । किनकी अग्ली कद भएकी मिरुनाको मुस्कानले सामाजिक सञ्जालमा फ्यान बढाउन सुरु गरिसकेको थियो ।

लालपुर्जा, रोज, साइनो, च च हुइ लगाएतका फिल्महरुले उनको संख्या त बढायो । तर , दर्शक बढाउन सकेन । सौगात मल्ल , विपिन कार्की जस्ता अभिनयमा निखारिएका कलाकारसँग मात्र नभई आर्यन सिग्देल र प्रदीप खड्का जस्तो चकलेटी अनुहारसँग काम गर्दा पनि उनले सफलता पाउन सकिनन् । लगातार फिल्महरु असफल भएपछि मिडियाले मिरुनालाई ‘अनलक्की’ नायिकाको ट्याग समेत दिए ।

यद्दपी यो ट्याग अब मिडियाले नै हटाउदैछ । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रदर्शनरत छ । फिल्मले पहिलो दिन नै कीर्तिमानी कमाइ गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिने व्यापारमा नयाँ रेकर्ड बनाउने तयारीमा छ । फिल्ममा मिरुनाले शान्ति नामक शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् । उनले शान्त र सरल गाउँले युवतीको रुपमा आफूलाई प्रस्तुत गरेकी हुन् ।

‘मलाई ग्रामिण परिवेशको यूवतीको भूमिका गर्न मन लागेको थियो । केहि फिल्ममा यस किसिमको भूमिका निर्वाह गरेकी छुँ । कबड्डीमा निर्वाह गरेको भूमिका मलाइ गर्न मन लागेको मध्येको एक हो’ उनले भनिन् । सौगात र दयाहाङ राईसँग दोस्रो पटक स्क्रिन सेयर गरेकाले उनलाई केहि सहज भयो । ‘मलाइ यी दुइ स्टारसँग सिन गर्न समस्या हुन्छ कि भन्ने लागेको थियो ।

किनकी उनीहरुले सिनलाई आफ्नो बनाउन कुनै कसर बाँकी राख्नुहुन्न । यद्दपी त्यो डर वर्कशपमै लगभग हट्यो’ मिरुनाले भनिन् । उनले टिमको सहयोगले नै आफूले शान्तिको भूमिका निर्वाह गर्न सकेको बताइन् ।

आफूले अभिनय गरेको फिल्मबाट लगातार असफलता भोगिरहेकी मिरुना ‘सफलता’ को पथमा पाइला टेकीसकेकी छन् । उनको उप्रेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘जारी’ प्रदर्शनकै पर्खाइमा छ । फिल्ममा मिरुनाको अभिनय क्षमता देख्न सकिने विश्वास स्वयम् उनलाई पनि छ । यिनै सुन्दरी मिरुनाले खबरहबका लागि फोटोशुट गराएकी छन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०९ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते