सुन्दरी मिरुना (फोटो फिचर) « Khabarhub

सुन्दरी मिरुना (फोटो फिचर)


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लण्डनमा बस्दै आएकी मिरुना मगरलाई अभिनयमा खुबै रुची थियो । आमा थिएटरको कलाकार भएका कारण पनि उनलाई अभिनयमा चासो बढेको थियो । सन् २०१६ मा लन्डनबाट नेपाल आएकी मिरुनाले रहरै रहरमा अभिनय सिकिन् । एक्टर स्टूडियोमा अभिनय सिकेकी मिरुनाले नाटकमा काम गर्ने अवसर पाइन् । नाटक थियो, ‘कथा देश ३’ । उक्त नाटकमा काम गरेपछि मिरुनाले फिल्म पाइन् । किनकी अग्ली कद भएकी मिरुनाको मुस्कानले सामाजिक सञ्जालमा फ्यान बढाउन सुरु गरिसकेको थियो ।

लालपुर्जा, रोज, साइनो, च च हुइ लगाएतका फिल्महरुले उनको संख्या त बढायो । तर , दर्शक बढाउन सकेन । सौगात मल्ल , विपिन कार्की जस्ता अभिनयमा निखारिएका कलाकारसँग मात्र नभई आर्यन सिग्देल र प्रदीप खड्का जस्तो चकलेटी अनुहारसँग काम गर्दा पनि उनले सफलता पाउन सकिनन् । लगातार फिल्महरु असफल भएपछि मिडियाले मिरुनालाई ‘अनलक्की’ नायिकाको ट्याग समेत दिए ।

यद्दपी यो ट्याग अब मिडियाले नै हटाउदैछ । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ प्रदर्शनरत छ । फिल्मले पहिलो दिन नै कीर्तिमानी कमाइ गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिने व्यापारमा नयाँ रेकर्ड बनाउने तयारीमा छ । फिल्ममा मिरुनाले शान्ति नामक शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् । उनले शान्त र सरल गाउँले युवतीको रुपमा आफूलाई प्रस्तुत गरेकी हुन् ।

‘मलाई ग्रामिण परिवेशको यूवतीको भूमिका गर्न मन लागेको थियो । केहि फिल्ममा यस किसिमको भूमिका निर्वाह गरेकी छुँ । कबड्डीमा निर्वाह गरेको भूमिका मलाइ गर्न मन लागेको मध्येको एक हो’ उनले भनिन् । सौगात र दयाहाङ राईसँग दोस्रो पटक स्क्रिन सेयर गरेकाले उनलाई केहि सहज भयो । ‘मलाइ यी दुइ स्टारसँग सिन गर्न समस्या हुन्छ कि भन्ने लागेको थियो ।

किनकी उनीहरुले सिनलाई आफ्नो बनाउन कुनै कसर बाँकी राख्नुहुन्न । यद्दपी त्यो डर वर्कशपमै लगभग हट्यो’ मिरुनाले भनिन् । उनले टिमको सहयोगले नै आफूले शान्तिको भूमिका निर्वाह गर्न सकेको बताइन् ।

आफूले अभिनय गरेको फिल्मबाट लगातार असफलता भोगिरहेकी मिरुना ‘सफलता’ को पथमा पाइला टेकीसकेकी छन् । उनको उप्रेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘जारी’ प्रदर्शनकै पर्खाइमा छ । फिल्ममा मिरुनाको अभिनय क्षमता देख्न सकिने विश्वास स्वयम् उनलाई पनि छ । यिनै सुन्दरी मिरुनाले खबरहबका लागि फोटोशुट गराएकी छन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०९ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच