पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप « Khabarhub

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए ।

उनले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताए । ‘कोभिड महामारीका बेलादेखि नेपाल र चीनबीच सिधै हवाइसेवा सञ्चालन हुन सकेको थिएन’, त्रिपाठीले भने, ‘अब चिनियाँ टोली नेपाल आउन तयार छ ।’

सदियौँदेखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० सिस्मिक लाइनमा सर्वेकार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १२ : ०७ बजे

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने