साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने कमल थापाको भनाई « Khabarhub

साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने कमल थापाको भनाई


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको  जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका हुन् ।

‘बालेन साहको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमतामाथि जनताको भरोसाको अभिव्यक्ति हो’, उनले ​ लेखेका छन्, ‘काठमाडौँवासीले ठूलो अपेक्षा गरेका छन्, सफलताको कामना गर्दछु।’ 

काठमाडौं, धरान, धनगढी लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई दलहरूमाथि मतदाताको आक्रोश व्यक्त भएको विश्लेषण भइरहँदा थापाको यस्तो प्रतिक्रिया आएको हो। 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १२ : ३६ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले