लकडाउनलाई सीप तिखार्न खर्चेकी जम्मुकी बेकरी उद्यमी « Khabarhub

लकडाउनलाई सीप तिखार्न खर्चेकी जम्मुकी बेकरी उद्यमी


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्मु सहरमा बस्ने सना गुप्ता अहिले गान्धी नगरस्थित एउटा सरकारी कन्या क्याम्पसमा बी. कमको अध्ययन गरिरहेकी छिन् । नजिकैको जम्मु विश्वविद्यालयमा एबीएको अध्ययन गर्ने उनको धोको छ ।

तर, उनको पहिचान यतिमात्र होइन । उनको आफ्नै व्यापार छ ।

अहिले उनले जम्मुकै अख्नूर रोडमा रहेको बर्नइ भन्ने स्थानमा आफ्नै व्यापार सुरु गरेकी छिन् ।  उनी ‘बाटर एण्ड क्रम्ब्स’ नामक बेकरी चलाउँछिन् । उनले ब्राउनी, कपकेक, केक जार, ड्राइ केक, असोर्टेड चकलेट र कस्टमाइज केकजस्ता मीठा मीठा परिकार बनाएर जम्मुका मानिसहरुलाई खुवाइरहेकी छिन् ।

धेरै पनि भएको छैन कोभिड महामारीे चरम उत्कर्षमा थियो । कोभिड महामारी र लकडाउनको फुसर्दिलो समयलाई आफ्नो बेकिङपाककलाको सीप तिखार्नमा खर्च गरिन् । उनलाई यसमा आमा र बहिनीले पनि साथ दिए । उनका लागि लकडाउनको फुर्सदिलो समय पर्याप्त पनि थियो ।

बेकरीप्रतिको रुचिकै कारणले गर्दा कुनै समय पञ्जाब प्रान्तको लुदियाना सहरमा यसबारे तालिम समेत लिएको उनी बताउँछिन् ।

‘अहिले म गान्धी नगरको सरकारी कन्या क्याम्पसमा बी. कम पढिरहेकी छु र जम्मु विश्वविद्यालयबाट एमबीए सकेपछि पनि व्यवसायलाई निरन्तरता दिन चाहन्छु । म अहिले आफ्नो अध्ययनमा बढि ध्यान दिइरहेकी छु । भविष्यमा सफल व्यापार स्थापित गर्नेबारे पनि मेरो ध्यान छ ।’

यस कामप्रति परिवारबाट समेत सहायता मिलेको उनी बताउँछिन् ।

‘म अहिले आफ्ना उत्पादनहरु इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा पनि प्रवर्द्धन गरिरहेकी छु त्यहाँबाट पनि मलाई ठूलो हौसला मिलेको छ ।’ उनले भनिन् ।

उनका अनुसार कसैसँग कामप्रति इच्छाशक्ति र लगाव छ भने जहिल्यै पनि त्यहाँ कदम चाल्ने आवश्यकता रहन्छ ।

(ग्रेटर कश्मीरबाट)

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर