सङ्‍कटमा रहेको अर्थतन्त्रलाई सरकारले उकास्‍नुपर्छ : गगन थापा « Khabarhub

सङ्‍कटमा रहेको अर्थतन्त्रलाई सरकारले उकास्‍नुपर्छ : गगन थापा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई सङ्‍कटमा फस्दै गएको बताएका छन् ।

सरकारले तत्काल सङ्‍‍कटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए ।

सङ्‍घीय संसद्‍मा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारसँग सङ्‍कटमा फसेको अर्थतन्त्रलाई उकास्‍नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता हुनुपर्ने बताए ।

‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, सङ्‍कटमा फस्‍न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो’, थापाले भने ।

उनले वर्षेनी ब्यापार घाटा उच्च हुँदै गएको भन्दै चिन्तासमेत ब्यक्त गरेका छन् । ‘हाम्रो व्यापार घाटा उच्च भयो । गएको वर्ष पनि थियो । विगत १०–१२ वर्षयता लागतार ब्यापार घाटा छ । आगामी वर्ष अझ बढ्नेवाला छ । हाम्रो आम्दानीको स्रोत सीमित छ’, थापाले भने, ‘रेमिट्यान्स छ । थोरै वैदेशिक लगानी आएको छ । थोरै अनुदान आएको छ । आम्दानीको स्रोत कम छ । खर्च बढी छ ।’

उनले ब्यापार घाटा न्यूनीकरण गर्न उत्पादन बढाएर निर्यात वृद्धि गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०२ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत