जुन १ बाट सांघाईमा लकडाउन हट्दै « Khabarhub

जुन १ बाट सांघाईमा लकडाउन हट्दै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगरलाई पुनः खुला गरिने भएको छ । सांघाईमा आगामी बुधबार अर्थात् जुन १ देखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ अखबार साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

संक्रमणका घटना कम हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता  थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो ।

यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित रहेको बताइएको छ ।

सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नहुन अनुरोध गर्दै आएको छ । ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नहुनुहोस् र सामाजिक दूरी राख्नुहोस्’ सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने ।

सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्यक्षेत्रमा शुक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ । 

उता राजधानी बेइजिङमा भने कोभिडसम्बन्धी कडा प्रतिबन्ध कायमै छ । संक्रमण घटेपनि बेइजिङमा मानिसका गतिविधिमा भने कठोर प्रतिबन्ध लगाइएको जनाइएको छ ।

सांघाईका  अधिकारीहरूले शनिबार निरन्तर सतर्कता अपनाउन आग्रह गरेका छन । लकडाउनका कारण साढे २ करोड मानिस बसोबास गर्ने सांघाईमा व्यापार व्यवसाय प्रभावित भएको बताइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  २ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित