सरकारको नीति कार्यक्रम ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’– गोकर्ण विष्ट « Khabarhub

सरकारको नीति कार्यक्रम ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’– गोकर्ण विष्ट


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध नगर्ने दाबी गरेका छन् । 

उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिएका छन् । हरेक वर्ष बजेट आउनु अगाडि सरकारले नीति कार्यक्रम प्रस्तुत गर्छ । यही परम्परालाई ध्यान दिँदै कार्यक्रम आएको छ । कार्यक्रममार्फत अग्रगामी परिवर्तनलाई बाटो देखाउने र समृद्ध नेपाल निर्माण गर्ने दिशाबोध गर्नुपर्ने थियो तर, नीति तथा कार्यक्रम चौबाटोमा बसेको बटुवा र कुहिरोको काग भएको छु, विष्टले भने ।

नीति तथा कार्यक्रम विद्यमान गम्भीर समस्या र चुनौतीहरूलाई सामना गर्ने सन्दर्भमा फितलो भएको उनको टिप्पणी छ । कार्यक्रमले अर्थतन्त्रमा देखिएको संकटलाई समाधान गर्न नसक्ने दाबी गरे  । स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको उनको आरोप छ । 

उनले निर्वाचनमा खर्च अधिक हुने गरेको भन्दै अब क्रमशः प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बेला आएको पनि बताए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  २ : ३७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्